Logo
Logo

राजु गुरुङको रिट न्यायाधीश श्रेष्ठको इजलासमा


1.6k
Shares

काठमाडौं । उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको रिटको पेशी न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ ।

सत्ता गठबन्धनबाट रुपन्देही क्षेत्र नं-२ मा उम्मेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो । बैंकिङ कसुरमा दोषि ठहर हुँदै कालोसूचीमा रहेकाले उनको उम्मेदवारी खारेज थियो ।

उक्त रिटमा यसअघि शुक्रबार पेशी तोके पनि गुरुङका कानुन व्यवसायीले स्थिगित गर्न माग गरेपछि सुनुवाइ हुन सकेको थिएन । आज भने उक्त रिटको सुनुवाइ दास्रो नम्वरमा राखिएको छ ।

रुपन्देही क्षेत्र नं-२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् । गुरुङको उम्मेदवारी खारेज भएसँगै उनलाई सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्