Logo
Logo

सोलुखुम्बुमा भूकम्प


- दृष्टि न्युज/संवाददाता

0
Shares

सोलुखुम्बु, ५ भदौ । गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहीबार बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्