Logo
Logo

पहिरोले एक घर बगायो, २९ घर जोखिममा


- दृष्टि न्युज/संवाददाता


गोरखा, ५ भदौ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–२ मा गए राति भारी वर्षापछि गएको पहिरोका कारण एक घर बगाएको छ भने २९ घर जोखिममा परेका छन् । गएराति परेको भारी वर्षाका कारण गएको पहिरोले तीन गाउँका बस्ती जोखिममा परेको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए ।
स्थानीय देव गुरुङको पसल घरसहित सबै सामान बगाएको र अन्य पाँच घरमा क्षति पु¥याएको छ । पहिरोले थैलीडाँडामा मात्रै १८ घर जोखिम परेको उनले बताए । ‘उनीहरुलाई त्यहाँ बस्न पनि डर छ, अन्यन्त्र सर्न पनि समस्या भएको छ’, उनले भने, ‘थैली गाउँका वारिपारि दुई गाउँ रहेका छन्’ वडाध्यक्ष गुरुङले भने, ‘पहिरोले पूरै क्षति भएको त होइन, बस्ती अत्यन्तै जोखिममा भने परेको छ ।’
त्यस्तै बारपाकको स्नानगाउँमा चर्चभन्दा मुनिका छ घर पहिरोको जोखिममा परेको उनले बताए । गए राति नै परेको भारी वर्षाका कारण घरमाथिको बाटो खनेर थुपारेको माटो बगाउँदा रुदुक गाउँमा पनि एउटा किराना पसल बगाएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्