Logo
Logo

शाखा विस्तार : अब भत्केको पुलमा पनि निनिज बुटिक



काठमाडौं । निनिज बुटिकले भत्केको पुलनजिकै शाखा विस्तार गरेको छ । केही वर्षअघि फेसन डिजाइनर निशा महर्जन श्रेष्ठले चाबहिलको गणेशस्थानमा निनिज बुटिक सञ्चालनमा ल्याएकी हुन् । उक्त बुटिकको शाखा भत्केको पुलमा सञ्चालनमा आएको हो ।

बिहीबारदेखि भत्केको पुलनजिकै सञ्चालनमा आएको निनिज बुटिकको फेसन डिजाइनर तथा सञ्चालक निशाकी सानी छोरी नियानाको हातबाट उद्घाटन गरिएको छ ।

निनिजको शाखा उद्घाटनपछि फेसन डिजाइनर निशाले भनिन्, ‘गणेशस्थानमा ठाउँ साँघुरो भएकाले ग्राहकलाई असहज भएको थियो । त्यसैले शोरुमका रुपमा यहाँ खोलेका हौँ ।’ शाखा विस्तारसँगै सेवाको दायरा पनि बढाउने उनको भनाइ छ ।
बागबजारमा रहेको आईआईएफटीमा फेसन डिजाइनिङमा डिप्लोमा गरेपछि बुटिक व्यवसायीमा लागेकी निशाले छोटो समयमै आफूलाई डिजाइनिङ क्षेत्रमा स्थापित गर्न सफल भएकी हुन् ।

निनिज बुटिक सुरु गर्दैगर्दा शाखा विस्तार गर्न सकिन्छ भन्ने नसोचेकी निशाले भनिन्, ‘यति चाँडै बुटिकको शाखा विस्तार गर्छु भनेर सोचेकी थिइन । तर, ग्राहक बढ्दै गएपछि शाखा विस्तार गरेकी हुँ ।’

निनिज बुटिकले सहरमा रहेका अन्य बुटिकहरुभन्दा सर्वसुलभ मूल्य र ग्राहकले चाहेअनुसारको डिजाइनिङ पहिरन उपलब्ध गराउँदै आएको छ । साथै, ग्राहकले चाहेकै समयमा पहिरन तयार गर्नु निनिज बुटिकको विशेषता हो । त्यसैले पनि बुटिकको पहिरन रुचाउँने अर्थात फेसन पारखीका लागि निनिज बुटिक रोजाइ बन्न थालेको छ ।

निनिज बुटिकको आफुनै कारखाना भएकाले जस्तोसुकै अवस्थामा पनि ग्राहकले चाहेको पहिरन तयार गरिदिँदै आएको डिजाइनर निशा बताउँछिन् । उनले भनिन्, ‘बुटिकमा आइसकेका ग्राहकलाई अहिलेसम्म फिर्ता पठाउने गरेको छैन । ग्राहकले चाहेको पहिरन उहाँहरुकै मूल्य र समयमा तयार गरिदिनु निनिज बुटिकको विशेषता हो ।’

प्रतिक्रिया दिनुहोस्