कास्की । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिगमनलाई रोक्न अहिलेको गठबन्धनले जित्नुपर्ने बताएका छन् ।
पोखरामा जारी गण्डकी प्रदेशस्तरीय प्रशिक्षण भेलामा शुक्रबार बोल्दै सत्ता गठबन्धनका चुनावी कमाण्डर समेत रहेका नेता पौडेलले प्रतिगमनलाई रोक्ने आफूहरुको मुख्य लक्ष्य रहेको बताए ।

उनले भने, ‘प्रतिगमनलाई जसरी पनि परास्त गर्ने हो । हामी जित्नेभन्दा पनि प्रतिगमनलाई रोक्ने लक्ष्य हो ।’ उनले गठबन्धन दलहरूको मान्यता फरक भएपनि राष्ट्रको सवालमा एक भएकाले पार्टीका झगडा बिर्सनुपर्ने बताउँदै आगामी दिनमा पनि गठबन्धन कायम राख्नुपर्ने बताए ।
नेता पौडेलले भने, ‘दलहरूको आफ्नै मान्यता छन्, मान्यताभन्दा माथि उठेर राष्ट्रको सवालमा हामी एक छौं । पुराना कुराभन्दा भविष्य हेर्नुपर्छ ।’











