Logo
Logo

जब भट्टीवाली बनिन् प्रियंका (भिडियोसहित)



काठमाडौं । एउटा गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की भट्टीवाली बनेकी छन् । ‘पियार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जुन भिडियोमा प्रियंका भट्टीवालीको भूमिका देखिएकी छन् ।

गायक लीला गजमेरको एकल स्वर रहेको ‘पियार’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लेखु शहयात्रीको शब्द तथा संगीत रहेको छ भने बिसम आचार्यको मिक्सिङ र एरेन्ज छ ।

मौसन हिमालीले निर्देशन गरेको भिडियोमा एउटा सिंगो कथा बुनेका छन् । जहाँ, संवाद पनि समावेश छ । एक ट्रक ड्राइभरले आफ्नो भट्टि साहुनी प्रेमिकाको बारेमा अरुको मुखबाट नराम्रो सुनेकाले प्रेमी रिसाएको कथा दर्शाइएको छ ।

सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र प्रियंका कार्कीको अभिनय रहेको छ । उनीहरुको जोडी भिडियोमा एकदमै सुहाएको देख्न सकिन्छ । अनिल के. मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्कीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्