Logo
Logo

‘आदिवासी थारु हामी’ गीतको भिडियोमा मेटमणिदेखि सोनु थारुसम्म (भिडियोसहित)



काठमाडौं । लामो समयपछि अभिनेत्री सोनु थारु एक भिडियोमा देखिएकी छन् । थारु भाषा फिल्मका निर्मात्रीसमेत रहेकी सोनु ‘आदिवासी थारु हामी धर्तीपुत्र’ बोल गीतको भिडियोमा देखिएकी हुन् । थारु भाषाका तयार गरिएको यस गीतको भिडियो आज (शनिबार) सार्वजनिक भएको हो ।

श्रीनिवास चौधरी र सोमती थारु खड्काको स्वर रहेको यस गीतको भिडियोमा सोनु थारु र राकेश थारुको निर्माण रहेको छ ।
सन्नीराम चौधरीको संगीत र शब्दरचना रहेको यस गीतको भिडियोमा सोनुका आलावा सौगात थारु, सोमती थारु खड्का, कृष्ण चौधरी, प्रमिला चौधरी, राजेन्द्र चौधरी, शिखा चौधरी, प्राञ्जली थारु, प्रिन्सी थारु, निकिता थारुलगायतको अभिनय रहेको छ ।

भिडियोमा अतिथि कलाकारका रुपमा सहरी विकासमन्त्री मेटमणि चौधरीलाई पनि देखाइएको छ । तर, मन्त्री चौधरीको तस्बिर मात्र राखिएको छ ।

यस्तै, भिडियोमा अन्य अतिथि कलाकारमा डा गोपाल दहित, योगेन्द्र चौधरी, गंगा चौधरी, रुकमणि चौधरी, चन्द्रप्रािद चौधरी, शिवशक्ति चौधरी, नन्दुराज चौधरी, किरण चौधरी, चम्पा चौधरी, सुमन चौधरी, कानुलाल चौधरी र प्रेमिलाल चौधरी रहेका छन् । थारु समुदायबाट राजनीति तथा सामाजिक क्षेत्रमा प्रतिनिधित्व एवं योगदान पु¥याएकाहरुलाई भिडियोमा देखाइएको हो ।

यस भिडियोका लागि डान्स कोरियोग्राफी नारायण रिजालले गरेका छन् भने सम्पादन मित्रदेव गुरुङले गरेका हुन् । यस भिडियोलाई सतिश सिन्हाले खिचेका हुन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिरहेका बेला सार्वजनिक गरिएको यस गीतले थारु सुमदायमा जातीय एवं सांस्कृतिक चेतना थप्ने अपेक्षा भिडियो तथा गीत निर्माण टिमले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्