
दाङ । घोराहीका ३ फर्निचर उद्योगमा आगलागी भएको छ ।
सोमबार रातिको आगलागीले घोराही–१५ सहिद उमेश मार्ग रोडमा रहेका न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ फर्निचर उद्योगमा पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
आगलागीबाट करोडौंको क्षति भएको प्रहरीको अनुमान छ । राति १२ बजेतिर लागेको आगो मंगलबार बिहान ४ बजे नियन्त्रणमा आएको प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले बताए ।
आगलागीको कारण खुल्न बाँकी रहेको उनको भनाइ छ ।











