Logo
Logo

हेटौंडामा जुवाकाे खालबाट ३३ जना पक्राउ


693
Shares

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ नवलपुरबाट जुवा खेलिरहेका ३३ जना पक्राउ परेका छन् ।

नवलपुरको तल्लो तालमा कौडा खेलिरहेको समयमा गएराति पौने १२ बजे ३३ जनालाई फक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ७३ हजार रुपैयाँ नगद रकम समेत बरामद गरेको छ ।

तिहारको बिदा भएकाले मुद्दा दर्ता गर्न बाँकी छ । पक्राउ परेकाको नाम भने प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्