Logo
Logo

गठबन्धनको उद्देश्य नै एमाले सिद्धयाउने हाे : इश्वर पाेखरेल


2.3k
Shares

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धयाउने मात्रै रहेको बताएका छन् ।

मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धाउन मात्रै ध्यान केन्द्रीत रहेको बताएका हुन् ।

एमालेको उद्देश्य राजनीतिक स्थायीत्व, मुलुकको बिकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाइ छ । त्यस्तै पोखरेलले तिहार लगत्तै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।

घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजना तालिकाबद्ध रुपमा आउने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्