Logo
Logo

म्यादीले टिकटक बनाए कार्वाही


2.6k
Shares

अर्घाखाँची । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि खटिने म्यादी प्रहरीले टिकटक बनाउन नपाउने भएका छन् ।

सुरक्षामा खटिने क्रममा पोसाकको दुरुपयोग गरि सामाजिक संजालमा भिडियो, तस्बिर राख्ने र प्रहरीको पोसाक अन्य व्यक्तिले लगाएर टिकटक बनाएको खण्डमा कार्वाही गरिने अर्घाखाँचीका डीएसपी मुकुन्द रिजालले बताए ।

जिल्लामा १ हजार १ म्यादी प्रहरी निर्वाचनका लागि सुरक्षामा खटिने छन् । अनुसार मंगलबार देखि निर्वाचन केन्द्रित सुरक्षामा म्यादी खटेको प्रहरी नायव उपरिक्षक रिजालले जानकारी दिए । प्रजिअ शशिधर घिमिरेले कुनै राजनितिक दलप्रति आस्था नराखी सुरक्षामा खटिन आग्रह गरे ।

सन्धिखर्कमा १० दिन सम्मको तालिम लिएपछि निर्वाचन लक्षीत सुरक्षामा खटिन लागेका म्यादी प्रहरीलाई निर्देशन दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्