Logo
Logo

साहित्यकार नरेशको ‘पथ्थर जस्तो दिल’मा उषा उप्रेती (भिडियो)



काठमाडौं । साहित्यकार नरेश ज्ञवालीको शब्दमा ‘पत्थर जस्तो दिल’ बोलको गजल सार्वजनिक भएको छ । यस गजलमा चर्चित गजल गायक थानेश्वर गौतमले संंगीत तथा स्वर प्रदान गरेका छन् । गजललाई कमल सौरागले संगीत संयोजन गरेका हुन् ।

विशुुद्ध मनोरञ्जनात्मक यस भिडियोमा एउटा युवाले एउटी युवतीलाई पहिलोपटक हेरेपछि उसको रुपको बयान गर्दै आफू नजिक हुन चाहेको र माया गर्न मन लागेको कुरालाई आकर्षक तरिकाले प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा सुधिर श्रेष्ठ तथा उषा उप्रेतीको अभिनय रहेको छ । स्वयम् रचनाकार नरेश ज्ञवाली निर्माता रहेको यस भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको हो । गायक गौतमको आधिकारिक च्यानल ‘थानेश्वर गौतम’मार्फत भिडियो सार्वजनिक भएको हो ।

विगत १२ वर्षदेखि सपरिवार क्यानडा बस्दै आएका युवा साहित्यकार ज्ञवाली विदेशमा बसेर पनि नेपाली कला–साहित्यलाई अगाडि बढाउन प्रयासरत छन् । उनले दर्जनौं गजल र कविताहरु लेखेका छन् । आफ्नो पहिलो सिर्जनालाई सुनेर हेरेर प्रतिक्रिया दिन ज्ञवालीले सबै दर्शक, स्रोतालाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्