Logo
Logo

‘दिल चोर्ने मान्छेलाई’ भन्दै विमला र पुर्णको रोमान्स (भिडियो)



काठमाडौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा रहेको ‘दिल चोर्ने मान्छेलाई’ गीतको भिडियो सार्वजनिक भएको छ ।
कोरियामा रहेर पनि नेपाली संगीतमा क्रियाशिल गीतकार उत्तम खजुम लिम्बूको शब्द रहेको गीत ‘दिल चोर्ने मान्छेलाई’ बोलकाmे यो गीत उत्तम खजुम लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

ललितपुरको सुन्दर नगरी सिकालीचौर, सेल्फी रोड, लाकुरी भन्ज्याङ्मा छायांकन गरिएको यो भिडियोमा कमल राईको कोरियोग्रफी तथा सुमितको सहायक कोरियोग्राफी रहेको छ ।

सिडी विजय अधिकारीको संगीत तथा रिकेश गुरुङको संगीत संयोजन रहेको यस गीतमा मेलिना राईको स्वर रहेको छ । भिडियोमा बिरेन्द्र भाटको छायांकन, सुस्मिता राई र एलिशा मगरको श्रुङगार रहेको छ ।

यस गीतको भिडियोमा बिमला खजुम लिम्बू र पुर्णबहादुर लिम्बूको अभिनय रहेको छ । साथै, भिडियोमा पार्वती वाइबा, लाप्सन दोङ, पुजा भट्टराई, तुलसा क्षेत्री, मुना लामा, जोया मगर, स्वेता मगर, बिनु मोक्त्तन, रिजा पाख्रिन, लक्ष्मी परियार, पेन्साङ् लामा, लक्ष्मी सुनुवार, सिमा सुनुवार, सुस्मिता थापा, सुस्मिता कार्की र सुनिता थिङलगायतको कोरस नृत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्