Logo
Logo

तेस्रो श्रीमती भित्राउने तयारीमा भुवन केसी !



काठमाडौं । अभिनेता तथा निर्माता भुवन केसीले निकट समयमै ‘तेस्रो विवाह गरे’ भन्ने शीर्षकमा खबर आए अनौठो मान्नुपर्ने छैन किनकि उनले तेस्रो विवाह गर्ने संकेत गरिसकेका छन् ।

झण्डै सात वर्षदेखि झापा चारआलीकी जिया केसी नामकी युवती (कुनै समय आफूलाई अभिनेत्री भन्थिन्’सँग लिभिङ टुगेदरमा रहेका भुवनले जियासँगको प्रेम सम्बन्धलाई औपचारिकता दिने बताइसकेका छन् । चलचित्र विकास बोर्डको अध्यक्षसमेत रहेका भुवनले जियालाई सिनामंगलस्थित आप्नै घरमा फ्लाइटमा राख्दै आएका छन् ।

विवाह नै नगरी आफ्नै घरमा राख्दै आएका जियाप्रति भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीले बेला बेला उनीहरुको चर्चासमेत गर्दै आएका छन् । तर, उनीहरुले आफूहरुको सम्बन्धलाई ‘ओपन सेक्रेट’ राखेका छन् अर्थात दुनियाँलाई थाहा भएर पनि उनीहरुले आफूहरुको सम्बन्धबारे खुलेका छैनन् ।

तर, अहिले आएर बल्ल भुवनले मुख खोलेका छन् । हाल । अमेरिका भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित केही नेपाली मिडियासँग आफूले ‘तेस्रो बिहे’लाई साकार गर्ने बताएका छन् । उनले जियाको नाम नलिइ ‘माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको’ भन्दै चाँडै तेस्रो विवाह गर्ने संकेत गरेका छन् ।

पत्रकारको एक प्रश्नमा भुवनले भनेका छन्, ‘सोचिरहेको छु । साथ दिने र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ । मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ । हेरौं, चाँडै गुड न्युज आउन पनि सक्ला । हामीले निर्णय गरिसकेका छैनौं, तर मलाई माया गर्ने साथी हुनुहुन्छ ।’

जियासँगको सम्बन्धबारे परिवार, आफन्त र फिल्मकर्मीले थाहा पाए पनि सर्वसाधारणले थाहा नपाएको र आफू थाहा दिएरै अघि बढ्ने योजनामा रहेको समेत भुवनले बताएका छन् ।

यसअघिका भुवनका दुई श्रीमतीसँग सम्बन्ध असफल भएको छ । पछिल्लो श्रीमती सुस्मितासँग समेत भुवनको सम्बन्ध राम्रो छैन । भुवनको जेठी श्रीमती अमेरिकामा छन् । भुवनले जेठी श्रमिती विजयासँग भेट्ने र कुराकानी भइरहने बताए पनि उनीहरुको झण्डै तीन दशकअघि नै सम्बन्धविच्छेद भएको हो ।

सुस्मितासँग पनि सम्बन्ध विग्रेपछि कान्छी भित्राउन लागेका भुवनले जियालाई औपचारिकरुपमा घोषणा गर्न मात्र बाँकी राखेका छन् । त्यो उनले निकट समयमै पूरा गर्ने भुवन निटक स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्