Logo
Logo

बाँकेमा १०८ मतदानस्थल अतिसंवेदनशिल



कोहलपुर । बाँकेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ ।

जिल्लाका एक सय ३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिए । उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकामा एक सय आठवटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक सय ३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा एक सय ३८ मतदानस्थल बनाइएको प्रमख पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्