Logo
Logo

मलाई हराउन ओलीले १० करोड दिएर मान्छे पठाएका छन् : विरोध खतिवडा



मकवानपुर । सत्ता गठबन्धनबाट मकवानपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडाले आफूलाई हराउँन केही व्यक्ति ठूलै पैसा खर्च गरेर लागिपरेको बताएका छन् ।

मंगलबार हेटौंडा–११ मा गठबन्धनको संयुक्त निर्वाचन परिचालन कार्यालय उद्घाटन गर्दै खतिवडाले एमालेसँग विद्रोह गरी प्रतिगमन विरुद्घको लडाइमा लागेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र विरोध खतिवडालाई जसरी पनि हराउँनुपर्छ भनेर केही व्यक्ति लागिपरेको दाबी गरे ।

भने, ‘एमाले अध्यक्ष केपी ओलीबाट १० करोड रुपैंया बुझेर केही मान्छे मलाई हराउन लागेका छन् भन्ने सूचना आएको छ । हामीलाई हराउन एमाले अध्यक्ष ओली जतिपनि खर्च गर्न तयार छन् भन्ने सुन्नमा आएको छ ।’
कांग्रेस, माओवादीका मतदातालाई भ्रममा नपर्न उनले आग्रह गरे ।

‘कतै कांग्रेस त कतै माओवादी केन्द्रबाट उम्मेदवार छैनन् भनेर भ्रम छरिएको छ,’ खतिवडाले भने, ‘हामी शेरबहादुर, प्रचण्ड र माधव नेपालको नेतृत्वमा बनेको गठबन्धनको साझा उम्मेदवार हौं ।’ खतिवडाले एमालेबाट निर्वाचित झण्डै आधा दर्जन वडाअध्यक्ष आफ्नो चुनावी प्रचारमा लागिसकेका दोहोर्याए ।

‘उनीहरुको नाम भनौं भने अरिङ्गालले मुख सुन्निने गरी हान्लान्,’ उनले भने । खतिवडाले ती वडाध्यक्षको नाम अहिले भन्दा उनीहरुमाथि असुरक्षा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्