काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ । यो सम्झौंता सँगै एनसीसी बैंकका ग्राहकहरुले दराजको ११.११ अभियानमा छुट पाउने भएका छन् ।

सम्झौता अनुसार एनसीसी बैंकको डेबिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५प्रतिशत वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०प्रतिशत वा रु ३,००० सम्मको छुट प्राप्त गर्न सक्ने बैंक जनाएको छ । यो योजना कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागु हुनेछ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।












