Logo
Logo

निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडा अध्यक्ष पक्राउ



बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने एक वडा अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनिल गुप्ताले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार दिउँसो १ः०० बजे तालाबन्दी गरेका थिए ।

प्रहरीको सहयोगमा जीतपुर सिमरा उपमहानगरपालिकास्थित निर्वाचन कार्यालयको ताला खोलिएको थियो । ताला खोलेसँगै वडाध्यक्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरपालिकाले जनाएको छ। नगर प्रमुख राजन पौडेलले तत्काल प्रहरीमा जाहेरी दिने बताए ।

वडा अध्यक्ष गुप्तालाई छुटाउन गएका प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकवाल मिया र प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीलाई ईलाका प्रहरी कार्यालय सिमराले मुल गेटमै प्रवेशमा निषेध गरेको थियो।

प्रतिक्रिया दिनुहोस्