Logo
Logo

आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने ओलीको दाबी


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् । बिहीबार झापामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मंसिर ४ को निर्वाचनपछि एमालेको सरकार बन्ने बताएका हुन् ।

उनले भने, ‘अब चुनावपछि गर्छौँ । म आइपुग्दा पनि यहाँहरुले नारा लगाइराख्नु भएको थियो । मंसिर ४ ओली सरकार । मंसिर ४ पछि एमालेले सरकार बनाउँछ । बनाउनैपर्छ । किनकी हामीले एमालेकै सरकार किन चाहियो भन्ने पुष्टि गर्नुछ ।’

उनले एमालेले नौ महिनाको अवधिमा सुकुम्वासी समस्या समाधान गर्ने आधार तय गरेको पनि बताए । सरकार परिर्वतन गराइएको र उक्त अवधिमा भएका कामहरु पूरा गर्न नपाएको उनको गुनासो थियो ।

उनले इतिहासमा भएका उल्लेखनिय काम एमालेले गरेको बताए । ‘उहिले जमानामा पृथ्वी नारायण शाहको पालामा नेपालको एकीकरण भयो होला । अरु काम नेकपा एमालेले गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्