Logo
Logo

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


441
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमण पूरा गरी शनिबार बिहान स्वदेश फर्किएकी छिन्।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’ (डब्ल्यूपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी यही कात्तिक २१ गते आइसल्याण्ड गएकी थिइन्।

गणतन्त्र आइसल्याण्डको राजधानी रेक्याभिकमा आयोजना भएको ‘रेक्याभिक ग्लोबल फोरम’ (वुमन लिडर्स) मा उनले विशेष सम्बोधन गरिन्।

आइसल्याण्डमा रहँदा उनले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरिन्।

प्रतिक्रिया दिनुहोस्