Logo
Logo
दृष्टिका १० हेडलाइन्स्ः

निर्वाचनको चहलपहल बढ्यो, नेता आरोप प्रत्यारोपमा मस्त


1.1k
Shares

१. प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलको गतिविधि बढ्यो, राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवार सहित मतदाताको घरदैलोमा, स्थानीय नेता कार्यकर्ता जनतासँग भोट माग्न व्यस्त, शीर्ष नेता चुनावी सभाहरुलाई सम्बोधन गर्न देश दौडाहामा ।

२. निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रयोग गर्न पाइने र नपाइले यातायातका साधनको सूची सार्वजनिक गर्यो, बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, दूध बोक्ने सवारी साधन,  सरकारी निकायमाबाट जारी भएको प्रेस पास वा सम्बन्धित सञ्चारगृहबाट जारी परिचय पत्र बाहक सञ्चारकर्मीले यातायातका साधन प्रयोग गर्न पाउने, अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी र निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अवलोकनकर्ता र अनुगमनकर्ताले पनि यातायातका साधन प्रयोग गर्न पाउने ।

३. वर्तमान सत्ता गठबन्धन आगामी ३–४ निर्वाचनसम्म कायम रहने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी, संविधानमाथि प्रहार जारी रहेकाले संविधान पूर्ण रुपमा कार्यान्वयन नभएसम्म गठबन्धन कायम रहनुपर्नेमा जोड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत पश्चगामी शक्तिहरुबाट संविधानमाथि अझै खतरा रहेको टिप्पणी ।

४. मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि संघ र सात वटै प्रदेशमा नेकपा एमालेको सरकार गठन हुने अध्यक्ष केपी शर्मा ओलीको दाबी, एमालेप्रति नेपाली जनताको आशा र भरोसा रहेकाले सरकार बनाउन आवश्यक मत दिने विश्वास, सत्तारुढ गठबन्धनले देशलाई संकटतर्फ धकेलेको आरोप ।

५. मंसिर ४ गते प्रतिगमनकारी शक्तिहरुलाई परास्त गर्ने अन्तिम दिन रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ, प्रतिगमनकारी शक्तिले अझै पनि टाउको उठान खोजिरहेकाले जनता एकमत भएर त्यसविरुद्ध लाग्नुपर्नेमा जोड, प्रतिगमनकारी शक्तिलाई पराजित गर्न नसके प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको तर्क ।

६. समाजवादलाई अबको राजनीतिक कार्यदिशा बनाउने पार्टीसँग विभिन्न ढङ्गले कार्यगत एकता भइरहेको नेकपा एकीकृत समाजवादीको महासचिव डा. बेदुराम भुसालकाे भनाइ, कम्युनिष्ट पार्टीको पुनःएकीकरणका लागि समान विचार बोक्ने दलसँग सहकार्य तथा एकताको क्रम चलिरहने भनाइ, देशमा विभिन्न स्वरुपमा विभेद विद्यमान भएकाले त्यसविरुद्ध अभियानको खाँचो रहेकोमा जोड ।

७. काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भू स्तुपाको नजिकैको जंगलमा १४ वर्षीया बालिकामाथि बलात्कार, बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी पक्राउ, गिरीले ती बालिकालाई ललाईफकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीको दाबी ।

८. राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै, डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी, अन्तर्राष्ट्रिय उडानका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गर्दै ।

९. प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ चम्यो, साविक विजेता विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ उपाधी चुम्न सफल, जितसँगै एपीएफले १० लाख रुपैयाँ नगद पुरस्कार पायो ।

१०. दक्षिणपूर्वी एशियाली देशसँग सम्बन्ध विस्तारमा शक्तिराष्ट्र अमेरिकाको जोड, दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो वाइडेन कम्बोडिया पुगे, आसियान क्षेत्रमा चिनियाँ प्रभाव विस्तार भइरहेको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले त्यसलाई सन्तुलनमा राख्न सदस्य देशसँग अमेरिकी प्रतिबद्धता जाहेर गर्ने ।

प्रतिक्रिया दिनुहोस्