Logo
Logo

सन् २०२७ मा यू-१९ विश्वकप नेपालमा हुने


1.3k
Shares

काठमाडौं । नेपालले यु–१९ महिला टी–२० विश्वकप हुने भएको छ । नेपालले पहिलो पटक विश्वकप आयोजना गर्ने भएको हो ।
बंगलादेशसँग मिलेर नेपालले सन् २०२७ मा हुने यू–१९ महिला टी–२० विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार सन् २०२७ मा यू–१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेको हो । जसमा नेपालले बंगलादेशसँग मिलेर यू–१९ महिला टी–२० विश्वकपको आयोजना गर्नुपर्नेछ ।

यस्तै २०२४ को यू–१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन् भने सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्