
काठमाडौं । नेपालले पहिलोपटक आईसीसी विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ । आईसीसीले २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरेको हो ।
सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डले आयोजना गर्ने भएका छन् । त्यस्तै सन् २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने मौका पाएका छन् ।
बोर्ड बैठकले २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकको टुङ्गो लगाएको आईसीसीले आइतबार जानकारी दिएको हो ।












