Logo
Logo

आज कर्णालीका दुई चुनावी सभालाई सम्बोधन गर्दै देउवा र प्रचण्ड


630
Shares

सुर्खेत । सत्ता गठबन्धनका दुई शीर्ष नेताले आज कर्णालीका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सुर्खेत र दैलेखमा आयोजित सभालाई सम्बोधन गर्ने भएका हुन् ।

उनीहरुले सुरुमा दिउँसो १२ बजे सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्नेछन् ।

यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्