Logo
Logo

जुम्लामा गठबन्धनलाई कांग्रेसका बागी उम्मेदवारको त्रास



जुम्लामा गठबन्धनलाई कांग्रेसका बागी उम्मेदवारको त्रास
जुम्ला । जुम्लामा नेपाली कांग्रेसका बागी उम्मेदवारले सत्तागठवन्धनलाई चुनौती थपेको छ । जुम्लामा प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रमा माओवादी केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजंग शाही र (ख) मा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पदम रोकाया उम्मेदवार बनेका छन् ।

प्रदेश (क) र (ख) मा क्रमशस् नेपाली कांग्रेसका नेताहरू देवेन्द्रबहादुर शाही र धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारीले सत्ता गठवन्धनमा त्रास बढेको पाइन्छ । प्रदेश (क) मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही उम्मेदवार बनेको स्थानमा कांग्रेसका नेता देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छैनन् । शाहीलाई कांग्रेसले कारबाही गरिसकेको छ ।

कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंगविरुद्ध देवेन्द्रबहादुरको उम्मेदवारीले प्रदेशमा कांग्रेसका मत बाँडिने देखिन्छ । प्रदेश (ख) मा गठबन्धनबाट एकीकृत समाजवादीका नेता तथा कर्णालीका भौतिक पूर्वाधारमन्त्री पदमबहादुर रोकाया आधिकारिक उम्मेदवार हुन् । तर कांग्रेसका नेता धनबहादुर बस्नेतले उम्मेदवारी कायमै रहेपछि यो क्षेत्रमा पनि गठबन्धनलाई त्रास बढेको छ । तिला गाउँपालिका निवासी बस्नेत कांग्रेस महासमिति सदस्य तथा तत्कालीन क्षेत्रीय सदस्य हुन् ।

प्रदेश (क) र (ख) मा कांग्रेसका बागी उम्मेदवारले संघमा समेत प्रभाव राख्ने चुनौती देखिएको छ । स्वतन्त्र उम्मेदवारीका कारण कांग्रेसलाई प्रदेश (क) मा घाटा हुने देखिन्छ । जसकार‍ण संघकी उम्मेदवार गोमा कुँवरलाई प्रभाव पर्ने चर्चा छ ।

गठबन्धनका उम्मेदवार भने जित नजिक पुगेको दाबी गर्दै आएका छन् । कांग्रेस प्रदेश सभापति तथा प्रदेश (क) का उम्मेदवार ललितजंग शाहीले वागी उम्मेदवार सानो चोइटोको रूपमा भएकाले कांग्रेसका समर्थकहरू सवैले गठवन्धनलाई मतदान गर्ने दाबी गरे ।

प्रदेश (ख) मा गठवन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता पदमबहादुर रोकायाले संविधान रक्षाका लागि बनेको गठवन्धन बिजय हुने र आफूले जितेमा गठवन्धनकै लागि काम गर्ने बताए । सत्ता गठवन्धनबाट संघकी उम्मेदवार गोमा गौतम कुँवरले जुम्लामा गठवन्धन विजय हुने निश्चित भएको दाबी गरिन् ।

जुम्लाको प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट डिल्लीप्रसाद काफ्ले उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्