Logo
Logo

सुनको भाउ ४ सय रूपैयाँले घट्यो



काठमाडौं । नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार पहेँलो धातु सुनको भाउ अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापवाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजथार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्