Logo
Logo

राजेन्द्र लिङ्देनले साइत हेराएर गरे मतदान


189
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनल मतदान गरेका छन् ।

झापाको हल्दिवारी गाउँपालिका वडा नं १ को कार्यालयस्थित मतदान केन्द्रमा पुगेर उनले ११ः३० बजे मत खसालेका हुन् । झापा–३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका उनले धार्मिक प्रचलनअनुसार साइत हेराएर मतदान गरेका हुन् ।

झापा जिल्लामा पाँच वटा प्रतिनिधिसभा र १० वटा प्रदेशसभा सदस्यका लागि छ लाख ६३ हजार तीन सय ११ जना मतदाताले मतदान गर्दैछन् ।

जसमा तीन लाख ३१ हजार ४४ जना पुरुष, तीन लाख ३२ हजार दुई सय ५९ महिला र अन्य आठ जना मतदाता छन् । जिल्लामा दुई सय ८५ वटा मतदानस्थल रसात सय ६८ मतदान केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्