Logo
Logo

मतपेटिका फुटाउन नेकपा बहुमतका कार्यकर्ता पक्राउ



पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित तारबराह आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा एक मतदाताले मतपेटिका फुटालेपछि स्थगित मतदान सुचारु भएको छ ।

मतपेटिका फुटालेको करिब आधा घण्टा मतदान स्थगित भएको थियो । सर्वदलीय छलफलपछि पुनः मतदान सुचारू भएको हो । मतपेटिका फुटाउनेमा नेकपा बहुमतका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ ।

ती मतदाताले ‘नेकपा बहुमत, जिन्दावाद’ को नारा लगाएका थिए । त िमतपेटिका फुटाउनेलाई प्रहरीले पक्राउ गरेको छ । तर, उनको नाम खलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्