Logo
Logo

कास्कीमा पौने २ बजेसम्ममा ४२ प्रतिशत मत खस्यो



कास्की । आज बिहान ७ बजेदेखि जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीमा दिउँसो पौने २ बजेसम्म ४२ प्रतिशत मत खसेको छ ।

कास्कीमा उत्साहजनक रुपमा मतदानमा मतदाता सहभागी भइरहेको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए ।

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित तालबराह आधारभूत विद्यालय मतदान केन्द्रमा आधा घण्टा मतदान रोकिएपछि पुनः सुरु भएको छ । एक मतदाताले मतपेटिका फुटालेपछि मतदान रोकिएकामा सर्वदलीय छलफलपछि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्