Logo
Logo

मतदानको समय सकियो, लाइनमा बसेकाले भोट हाल्न पाउने


441
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएको समय सकिएको छ ।

मतदानको समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी जानकारी गराउने छ ।

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव भएको हो ।

मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्