Logo
Logo

सिन्धुपाल्चोक १ मा प्रदेशसभातर्फ कांग्रेसकी मसिना खड्का निर्वाचित


1.1k
Shares

सिन्धुपाल्चोक । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा मतगणना जारी छ । निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी मसिना खड्का बिजयी भएकी छिन् ।

एमालेका युद्धविक्रम तामाङलाई आठ सय ३२ मतले पछि पार्दै कांग्रेसकी मसिना खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् । प्रदेशसभा सदस्यमा निर्वाचित भएकी खड्काले १४ हजार ५७ मत प्राप्त गरेकी हुन् । एमालेका युद्ध बिक्रम तामाङलले १३ हजार २ सय २५ मत ल्याएर पराजित भएका छन् ।

सिन्धुपाल्चोकको प्रतिनिधिसभा तर्फ क्षेत्र नम्बर १ मा नेकपा एमालेले सुरु देखिनै निरन्तर रुपमा अग्रता लिईरहेको छ । ३३ हजार ९ सय ३३ मत गणना गर्दा एमालेका उम्मेदवार सरेश नेपालले १३ हजार ७ सय ५४ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार माधव सापकोटाले १३ हजार ६ सय १८ मतसहित पछ्याई रहेका छन् । नेपाल र सापकोटाबिच १ सय ३६ मतको मतान्तर रहेको छ ।

क्षेत्र नम्बर २ मा कांग्रेसको अग्रता कायमै रहेको छ । क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता कायम राखिरहेका छन् ।

जारी मतगणनामा बस्नेतले १२ हजार १४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी एमालेका शेरबहादुर तामाङले सात हजार पाचँ सय ४६ मत प्राप्त गरेका छन्। प्रदेशसमा ‘१’ मा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका युवराज दुलालको अग्रता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्