
ओखलढुंगा । ओखलढुंगाको प्रदेशसभा १ मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी भएका छन् । उनी एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पराजित गर्दै विजयी भएका हुन् ।
सुनुवारले १४ हजार ९ सय १६ मत ल्याएर विजयी भए भने एमालेका गुरुङले १४ हजार ५ सय ५६ मत ल्याएर दोस्रो भए । यता जसपाका खेमराज खड्काले १ हजार ८० मत पाएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सुनुवारसँग तीन दशक लामो राजनीतिक अनुभव छ । उनी २ कार्यकाल ओखलढुंगा कांग्रेसको सभापति समेत भएका थिए ।














