Logo
Logo

खोटाङमा रामकुमारको अग्रता कायमै, पछिपछि विशाल


20.5k
Shares

खोटाङ । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ ।

माओवादीका उम्मेदवार रामकुमार राई ‘पासाङ’ ७ हजार २८७ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विशाल भट्टराई ६ हजार ५९२ मतका साथ दोस्रो स्थानमा छन् । भट्टराई वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार राईभन्दा ६९५ मतले पछि परेका छन् ।

आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना हाल जारी रहेको छ । खोटाङमा जनता समाजवादी पार्टी नेपालका कृष्णकुमार राईले ४७५ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठले १८१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्