Logo
Logo

उदयपुर-१ : नारायण खड्काकाे अग्रता, पछ्याउँदै चौधरी


14.4k
Shares

उदयपुर । उदयपुरको प्रनिनिधिसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले अग्रता कायमै राखेका छन् । उनले ६ हजार १५२ मतसहित अग्रता लिएका हुन् ।

खड्कालाई एमालेकी मन्जुकुमारी चौधरीले ५ हजार ७२५ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवकुमार रायमाझीले ६९६ मत प्राप्त गरेका छन् । र राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका उम्मेदवार उध्दव अधिकारी ६१३ मत पाएका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको हालसम्म १५ हजार ९२ मतगणना भएको छ । यो क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्