Logo
Logo

अछाम-२ मा कांग्रेसका शाह ६ हजार मतले अगाडि


3.3k
Shares

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले अग्रता फराकिलो पारेका छन् । आइतबार सम्पन्न भएको निवार्बाचनको जारी मतगणनामा अहिलेसम्म ३३४१८ मत गन्दा शाहले एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई ६ हजारभन्दा बढी मतले पछि पारेका छन् ।

शाहले १८९८४ र बोगटीले १२७६० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका कीनबहादुर शाहीले १८९ र नेपाल मजदुर किसान पार्टीका झंकर बहादुर शाहीले १०१ मत प्राप्त गरेका छन् । अछाम १ बाट भने एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भइसकेका छन् । उनले एमालेका झपट रावललाई पराजित गरे ।

२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा अछामका दुवै क्षेत्र एमालेले जितेको थियो । यसपटक एमालेले भीम रावललाई समेत टिकट नदिएकाले त्यसको असर चुनावमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्