Logo
Logo

जय पराजय सामान्य हो सहज रूपमा लिएको छु : झाक्री


1.9k
Shares

काठमाडौं । एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाक्रीले आफ्नो पराजयलाई सामान्य प्रक्रियाका रुपमा लिएको बताएकी छिन् । उनले अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सामाजिक सञ्जालमार्फत मन्तव्य जारी गर्दै यसलाई सहज रुपमा लिएको जनाएकी हुन् ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणनाको अन्तिम परिणाम नेकपा एमालेका उम्मेदवार गोकर्ण विस्टको पक्षमा आएपछि उनले आफ्नो पराजयलाई सामान्य रुपमा लिएको बताएकी हुन् । विष्टले २८ हजार ४७६ प्राप्त गर्दै विजयी भएका हुन् । सत्ता गठबन्धनको समर्थनसहित एकिकृत समाजवादी पार्टीबाट उम्मेदवार बनेकी झाक्रीले २६ हजार ४४२ विष्टलाई मतसहित राम्रो टक्कर दिएकी थिइन् ।

उनले निर्वाचनमा विजयी भएका प्रतिस्पर्धी गोकर्ण विष्टलाई बधाई र सफल कार्यकालको शुभकामनामा दिँदै पछिल्लो केही समय अत्यन्तै रोमान्चक रहेको र ज्ञानको हिसाबले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी ठानेको उनको भनाइ छ । उनले भनेकी छिन्, ‘समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ। यो साढे दुई दशकमा समाजलाई जसरी म्भउयष्तिष्अष्शबतष्यल ९एक प्रकारको गलत प्रयोग० गरिएको रहेछ चाहीँ लोकतन्त्रको लागि गम्भीर छ । डर लाग्दो छ । जय र पराजय सामान्य प्रक्रिया हुन् । मैले अत्यन्तै सहज रूपमा लिएको छु ।’

उनले आफ्ना पक्षमा हजारौं मतदाताले अभिमत दिएको र यसप्रति म सधैँ ऋणी रहने बताएकी छिन् । निर्वाचनमा सहभागी सबै मतदाता, सबै तहका निर्वाचन परिचालन संयन्त्रका सदस्य, गठबन्धन दलका नेतृत्वगण र नेताकार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी, स्वयंसेवक र पत्रकारहरूलाई धन्यवाद दिएकी छिन् ।

पराजित भए पनि गुल्मी जिल्लाको समग्र विकास र समृद्धीको यात्रामा म सधैँ साथ रहने प्रतिबद्धता जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्