Logo
Logo

सिन्धुपाल्चोक-२ मा मतान्तर बढाउदै बस्नेत, १ मा एमाले र माओबादी बराबर


19.2k
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं १ मा नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारले बराबर मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनको समर्थनसहित उम्मेदवार बनेका माओबादीका माधव सापकोटा र एमालेका सरेस नेपालले पछिल्लो मतपरिणम अनुसार १८८३२ मत पाएका छन् । साथै राष्ट्रिय स्वतनत्र पार्टीका उम्मेदवार दिनेश श्रेष्ठले २ हजार ६३६ मत पाएका छन् ।

त्यसैगरी सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेपाली िकांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् । उनले १५ हजार ७७३ प्राप्त गर्दै सुरुवातदेखिको अग्रतालाई निरन्तरता दिएका हुन् । उनमा प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङले ९ हजार ३७८ मत सहित पछ्याइरहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतनत्र पार्टीकी उम्मेदवार माया तामाङले ७२९ पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्