खोटाङ । खोटाङमा नेकपा माओवादी केन्द्रले अग्रता कायम गरेको छ । माओवादीका उम्मेदवार रामकुमार राई ‘पासाङ’ १२ हजार १२४ मतसहित अग्रस्थानमा छन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विशाल भट्टराई ११ हजार २९४ मत पाएका छन् । भट्टराई वाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार राईभन्दा ८३० मतले पछि परेका छन् ।
आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको मतगणना हाल जारी रहेको छ ।














