ओखलढुंगा ।ओखलढुंगाबाट नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणना अनुसार खतिवडाले ३३ हजार ५५६ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन् । खतिवडा र सुनुवारको मतान्तर ६ हजार ८१८ रहेको छ । निर्वाचन आयोगले घोषणा भने गरिसकेको छैन ।
त्यस्तै, प्रदेशसभा सदस्यतर्फ ‘क’ मा कांग्रेसकै प्रदीप सुनुवार र ‘ख’ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी भएका छन् ।














