बारा । बारा- ४ ‘क’ बाट नेकपा एमालेका देवनारायण चौधरी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ अनिललाई पराजित गर्दै चौधरी प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

चौधरीले श्रेष्ठलाई ३ हजार ६२० मतको अन्तरले पराजित गरेका हुन् । एमालेका चौधरीले १३ हजार ६०९ मत पाएका छन् भने उनका प्रतिद्वन्दी श्रेष्ठले ९ हजार ९८९ मत मात्र पाए ।















