बारा । बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेकपा (एकीकृत समाजवादी)का कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् ।

प्रत्यक्ष तर्फको केही मत समानुपातिकको पेटिकामा खस्न गएकाले त्यसको गणना गर्न बाँकी भए पनि जितको लागि श्रेष्ठलाई अहिलेको अंक नै पर्याप्त रहेको निर्वाचन आयोगले जनाएको छ ।
श्रेष्ठले२ ० हजार २ सय ९१ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका एकवाल मियाँले १३ हजार ८ सय ६३ मत प्राप्त गरे । मियाँ यस अघि लोसपाबाट यही क्षेत्रबाट २०७४ मा संघीय संसदमा निर्वाचित थिए । यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए ।
श्रेष्ठ यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए ।














