काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र ३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक भारी मतान्तरसहित विजयी भएका छन् । लेखकले एमाले निरुदेवी पाललाई १२ हजार ७५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

लेखकले ३० हजार ५२३ मत पाएका छन् भने निरुदेवी पालले १८ हजार ४४८ मत मात्र पाए । लेखक ०७४ मा दीपकप्रकाश भट्टसँग २५६ मतले पराजित भएक भएका थिए ।














