
प्यूठान । एक मात्र प्रतिनिधिसभा र दुई प्रदेह सभा निर्वाचन क्षेत्र रहेको प्युठान २ मा नेपाली काँग्रेसका उम्मेदवार रोज राणा ( सरोज थापा) निर्वाचित भएका छन् ।
उनले १६ हजार ५६१ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतमा प्रतिस्पर्धी नेकपा एकालेका उम्मेदवार हरिप्रसाद रिजालले १६ हजार २७३ मत प्राप्त गरेका छन् ।
चलचित्र निर्माता समेत रहेका रानाले एमालेका रिजाललाई २९८ मतले पारजित गरेका हुन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल विर घर्ती मगरले ४५५ मत पाएका छन् ।














