काठमाडौं । प्रदेशसभातर्फ नेपाली कांग्रेसले बिहीबार बिहान ८ बजेसम्म ५७ क्षेत्रमा जित हासिल गर्दै पहिलो स्थानमा रहेको छ । साथै, ४१ स्थानमा अग्रता लिइरहेको छ ।
यस्तै, नेकपा एमालेले २७ प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै अहिलेसम्म दोस्रो स्थानमा रहेको छ । एमालेले प्रदेशसभा सदस्यतर्फ ६३ क्षेत्रमा अग्रता लिइरहेको छ ।

यस्तै, नेकपा माओवादीले अहिलेसम्म १८ प्रदेशसभा सदस्य जितेको छ भने २० स्थानम अग्रता लिइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५, जनमत पार्टीले ४, जसपाले ४ र नेकपा एकीकृत समाजवादीले अहिलेसम्म ४ प्रदेशसभा सदस्य जितेको छ । यस्तै, राप्रपाले ७, जनमतले ३, जसपले ९ र एकीकृत समाजवादीले ९ स्थानमा अग्रता लिइरहेको छ ।
यस्तै, लोसपाले अहिलेसम्म तीन प्रदेशसभा सदस्य जितेको छ भने ४ ठाउँमा अग्रता लिइरहेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई प्रदेशसभा सदस्यमा जित हासिल गरेको छ भने तीन क्षेत्रमा अग्रता लिइरहेको छ ।














