
चौतारा । सिन्धुपाल्चोक २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका मोहन बहादुर बस्नेतले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।
हालसम्मको मतपरिनाम अनुसार बस्नेतले निकटतम प्रतिस्पर्धी नेकपा एमालेमका उम्मेदवार शेरबहादुर तामाङलाई ११ हजार ७४ मतले पछाडि पारेका छन् ।
बस्नेतले २५ हजार ११६ मत प्राप्त गरी अग्रताा लिदा तामाङले १४ हजार ४२ मत पाएका छन् । सिन्धुपाल्चोक २ मा पुर्वमन्त्री द्वय तामाङ र बस्नेतबीच सूरुवाती टक्कर राम्रै दखिएपनि पछिल्लो मतपरिणमले भने बस्नेतलाई फराकिलो अग्रता दिलाएको हो ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीक िउम्मेदवार माया गुरुङले एक हजार ६०४ मत प्राप्त गरेकी छन् ।














