Logo
Logo

फराकिलो मतान्तरसहित प्रेम सुवाल पुनः निर्वाचित


3k
Shares

काठमाडौं । भक्तपुर निर्वाचन क्षेत्र–१ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । सुवालले ४२ हजार ७६१ मतसहित नेकपा एमालेका नवराज गेलाललाई पराजित गरेका हुन् ।

गेलाल ११ हजार ८३४ मतसहित दोस्रो भए भने तेस्रो स्थानमा राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार १६५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्