Logo
Logo

दोलखा, स्याङजा र बाजुरामा पुनः मतदान गर्न ओलीको माग


22.9k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको आडमा विभिन्न जिल्लामा बुथ कब्जा भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेका छन् ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि प्रतिकृया दिँदै अध्यक्ष ओलीले सत्ताको आडमा सत्तारुढ दलले दोलखा, स्याङ्जा, बाजुरा लगायतका जिल्लाका निर्वाचन क्षेत्रमा बुथ कब्जा भएको भन्दै पुनः निर्वाचन निर्वाचन आयोगसँग माग गरेका हुन् ।

अध्यक्ष ओलीले भने– ‘सत्ताको आडमा दोलखा, स्याङ्जा र बाजुरा लगायतका क्षेत्रमा बुथ कब्जा गर्ने काम भएको छ । यो लोकतन्त्रको मूल्य मान्यताविपरीत छ । निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु– जहाँ जहाँ बुथ कब्जा गर्ने काम भयो ति सबै क्षेत्रमा पुनः निर्वाचन गराउनु पर्छ ।’

अध्यक्ष ओलीले पुनः निर्वाचन गराउन माग गरेका सबै जिल्लामा राजनीतिक दलहरुबीच विवाद भएपछि मतगणना सुरु हुन सकेका छैन ।

अध्यक्ष ओलीले सत्ताको आडमा निर्वाचन जित्का लागि मान्छे मार्ने सम्मको काम भएको समेत आरोप लगाएका छन् । लोकतन्त्रमा हुने यस्ता गतिविधि आफ्नो पार्टीले स्वीकार गर्न नसक्ने ओली बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्