Logo
Logo

सुरेन्द्र पाण्डेलाई हराउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि निर्वाचित


4.1k
Shares

चितवन । चितवन-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् ।

एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका सुरेन्द्र पाण्डे र नेपाली काँग्रेसका उम्मेदवार अर्थशास्त्री विश्वनाथ पौडेललाई पराजित गर्दै ढकाल निर्वाचित भएका हुन् ।

ढकालले ३४ हजार १८९ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत पाए । काँग्रेसका पौडेलले २४ हजार ९९० मत प्राप्त गरे ।

पाण्डे ७० सालको संविधान सभा सदस्य निर्वाचन र ७४ सालको प्रतिनिधि सभा सदस्य निर्वनचनमा चितवन १ बाटै विजयी भएका थिए । १४ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका पौडेल सो पदबाट राजीनामा दिएर उम्मेदवार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्