Logo
Logo

पासाङलाई बधाई दिँदै विशालले भने- अनेकन कारणले पराजित भए


37.9k
Shares

खोटाङ । खोटाङबाट प्रतिनिधिसभा सदस्यमा पराजित नेकपा एमालेका नेता विशाल भट्टराईले निर्वाचित रामकुमार राई ‘पासाङ’लाई बधाई दिएका छन् ।

नेता भट्टराईले सामाजिक संजालमा एक स्टाटस लेख्दै खोटाङको प्रतिनिधिसभामा निर्वाचित पासाङ, प्रदेश सभामा निर्वाचित पिके राई र भुपेन्द्र राईलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

अनेकन कारणले झिनो मतान्तरसहित पराजित भएको उनले बताएका छन् । ‘म आफू पनि यो निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभामा प्रत्याशी थिएँ, अनेकन् कारणले झिनो मतान्तरसहित पराजित भएँ’, उनले भनेका छन् ।

‘यो महाअभियानमा अहोरात्र खट्नु हुने एमालेकर्मीहरुलाई असिम धन्यवाद दिन्छु’, उनले भनेका छन्, ‘निर्वाचन सम्पन्न गर्न लागि पर्नु भएका सिङ्गो सरकारी निकायलाई उच्च मूल्याङ्कन सहित धन्यवाद भन्छु ।’

उनले लेखेका छन्, हार्दिक बधाई एबं आभार ! खोटाङको प्रतिनिधिसभामा निर्वाचित रामकुमार राई, प्रदेश सभामा निर्वाचित पिके राई, भुपेन्द्र राईलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु । म आफू पनि यो निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभामा प्रत्याशी थिएँ, अनेकन् कारणले झिनो मतान्तरसहित पराजित भएँ । यस्तो प्रतिकूलतामा पनि यस्तो सम्मानजनक मत प्रदान गर्नुहुने सम्पूर्ण मतदाताहरुमा सहृदय आभार अर्पण गर्दछु । यो महाअभियानमा अहोरात्र खट्नुहुने एमालेकर्मीहरुलाइ असिम धन्यवाद दिन्छु । निर्वाचन सम्पन्न गर्न लागिपर्नु भएका सिङ्गो सरकारी निकायलाइ उच्च मूल्याङ्कन सहित धन्यवाद भन्छु ।’

भट्टराई पासाङसँग २ हजार ६६९ मतान्तरले पारजित भएका हुन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पासाङले ३१ हजार ३५१ मत प्राप्त गर्दै जिजयी हुँदा भट्टराईले २८ हजार ६८२ मत पाएका छन् ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठवन्धनको सहयोगमा खोटाङबाट निर्वाचन जितेका भट्टराई यो पटक भने नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी सहितको गठवन्धनका उम्मेदवार पासाङसंग पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्