Logo
Logo

समानुपातिकमा सूर्य र रुखले कटाए ६ लाख, घण्टीको ३ लाख २२ हजार



काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन पद्धतितर्फ ६ लाख मत कटाएको छ । निर्वाचन आयोगले विहीबार अपरान्ह अपडेट गरेको मत परिणाम अनुसार एमालेले ६ लाख ४४ हजार ७०१ मत पाएको छ ।

कांग्रेसले ६ लाख ७ हजार ९३३ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख २२ हजार ६९२ मत पाएको छ । नेकपा माओवादी केन्द्रले २ लाख ९० हजार ७३ मत पाएको छ ।

त्यस्तै, राप्रपाले १ लाख ७४ हजार ३९२१, जनता समाजवादी पार्टीले ७८ हजार ८७६, नेपाल मजदुर किसान पार्टीले ५१ हजार ९२८, जनमत पार्टीले ५१ हजार ४३७, नागरिक उन्मुक्ति पार्टीले ४९ हजार ५४६ र एकीकृत समाजवादीले ४२ हजार ५७५ मत पाएका छन् । लोसपाले ३५ हजार ३८४ मत मात्र पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्